८ मंसिर, २०८१ शनिबार
10:46:03 PM
१२ असार, २०७९
काठमाडौं । समृद्धि फाइनान्सले असार १० गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा नं १३ मा रहेको मिलन पार्कमा यस पार्ककी अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का।मु। प्रमुख व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराउनुभएको छ ।
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।