१९ बैशाख, २०८१ बुधबार

01:42:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

परीक्षा नियन्त्रण कार्यलयद्धारा २०७७ को एसईईका प्रश्नपत्र बिक्री गर्न बोलपत्र आह्वान

Nepal Business

१२ असार, २०७९

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।

परीक्षा नियन्त्रण कार्यलयद्धारा २०७७ को एसईईका प्रश्नपत्र बिक्री गर्न बोलपत्र आह्वान

काठमाण्डौं । वि.सं २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।

झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भन्नुभयो, हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं ।

जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो हो, केही आम्दानी पनि हुन्छ ।

नियन्त्रक रायमाझीको अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।