२९ बैशाख, २०८१ शनिबार

08:52:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल अमेरिकाको भरपर्दो मित्रः राष्ट्रपति जो बाइडेन

Nepal Business

१२ असार, २०७९

ह्वाइट हाउसमा नेपाली राजदूत खत्रीले राष्ट्रपति बाइडेनसँग सहज भेट गर्नु भएको थियो ।

नेपाल अमेरिकाको भरपर्दो मित्रः राष्ट्रपति जो बाइडेन
 
काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाल आफूहरुको भरपर्दो मित्र रहेको बताउनु भएको छ।
 
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँगको भेटमा राष्ट्रपति बाइडेनले नेपाल आफ्नो देशको भरपर्दो मित्र रहेको बताउनु भएको हो । ह्वाइट हाउसमा नेपाली राजदूत खत्रीले राष्ट्रपति बाइडेनसँग सहज भेट गर्नु भएको थियो । 
 
यो बाइडेनसँगको सहज भेट हो, बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा यो अवसर पाएका थिएनन् । अझ राजदूतले भेट्नु त परैको कुरा । प्रदीप ज्ञवालीले एकपटक मात्र ५ सेकेन्डको लागि फोटो मात्र खिचाउन पाउनु भएको थियो । तर अहिले शेर बहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाउनु भएको हो ।
 
पहिले–पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् र उहाँले अगाडि लेख्नु भएको छ, बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसंग हातेमालो गर्न चाहन्छन्।
 
जे जस्तो भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले ४ दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धमा पुरानै दरिलो र बलियो खम्बाका रुपमा चिनाउन सफल भएको उनको निष्कर्ष छ ।
 
‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले गर्ने भनेको आफ्नो मुलुकको पहिचान र पहुँचलाई सबै राष्ट्रसंग जोड्नु महत्त्वपूर्ण काम हो,उहाँले भन्नुभएको छ ।