८ मंसिर, २०८१ शनिबार
10:50:28 PM
१२ असार, २०७९
अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ ।
काठमाण्डौं । जेठ महिनामा २६ अर्बले चलनचल्तीमा रहेको नोट घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ ।
बैशाख मसान्तमा ६ खर्ब ३५ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो ।
बैशाखमा स्थानीय तहको निर्वाचन भएको कारणले चैतको तुलनामा नोटको आपूर्ति बढेको थियो । स्थानीय निकायको निर्वाचनपछि प्रणालीमा पैसा फर्केको देखिएको हो ।