८ मंसिर, २०८१ शनिबार
10:31:49 PM
१२ असार, २०७९
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नेपाल एसबिआई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८।७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।
तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नेपाल एसबिआई बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, फोन पे, इ सेवा, खल्ती, प्रभु पे, आइएमइ पेबाट भुक्तानी गर्न सक्नेछन् ।