८ मंसिर, २०८१ शनिबार

11:01:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आईपीओमा आवेदन दिने सेवा

१२ असार, २०७९

प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आईपीओमा आवेदन दिने सेवा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजीबजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यसैबीच प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइट http://ipoapply.praphucapital.com/ बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हित ग्राहीखाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्टआइपिएस वा बैंकमागई आवेदन फारम सब मिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वडा नं। १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरि रहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।