७ मंसिर, २०८१ शुक्रबार
04:26:30 AM
१२ असार, २०७९
काठमाण्डौं । स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्डहो जसको नाम आजको समयमालगभग सबैले सुन्नु भएको छ ।
शाओमी स्मार्टफोन निर्मातामा मात्र सिमित नभई शाओमीले अलट प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ।
स्मार्टफोन र ल्यापटपहरू बाहेक, २५२ मिलियनभन्दा बढी स्मार्ट उपकरणहरूको साथ शाओमीले विश्वको अग्रणी कन्ज्युमर अलट प्लेटफर्मको रूपमा विस्तार गरेको छ ।
विश्वभर सबैका लागि उचित मूल्यमा उन्नत प्रविधिका उपकरणहरु उपलब्द गराउने लक्ष्य बोकेको शाओमीले छोटो समयमै विभिन्न आधुनिक सामग्रीहरु नेपाली बजारमा भित्रर्याउन सफल भएको छ ।
नेपालमै पहिलो पटक प्रस्तुत गरिने स्मार्टफोनहरूका साथै २०२२ मा कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ ।
शाओमी वाच एस१ एक्टिभ
एस१ एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् जस मध्ये १९ ओटा व्यावसायिक छन् । मुटुको धडकनको गति र रगतमाभएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यस एस१ एक्टिभ पानी प्रतिरोधी पनि छ । यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ । यसको मूल्य २२ हजार ९ सय ९९ सय रुपैयाँ रहेको छ ।
रेडमी ब्यान्ड प्रो
आयताकार मोड्युलमा १.४७ इन्चको अमोलेड डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रो मा १९४ एकस ३६८ –पिक्सेल रिजोल्युसन, १०० प्रतिशत एनटिएससी कलर स्पेस, र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको छ भने सुरक्षाको लागियसमा २.५डी टेम्पर्ड ग्लास छ।
वाटरप्रूफिङको लागि ५एटिएम प्रमाणित यो स्मार्ट ब्यान्ड प्रोको स्वास्थ्य सुविधाहरूमा दौड, सैक्लिंग, हिड्ने, योगा, पौडी लगायत अन्य गतिविधिहरुका लागि ११० भन्दा बढि स्पोर्ट मोडहरू समावेश छन।
यस्तै, २४ घन्टा मुटुको गति ट्र्याकिङकालागि यो ब्यान्डमा पीपीजी हार्ट–रेट सेन्सर जडान गरिएको छ। यसले तपाईंको रगतमाअक्सिजनको मात्रापत्तालगाउन एसपीओ२ मापन पनि गर्छ। यसको मूल्य ६ हजार १ सय ९९ रहेको छ भने कालो रंगलबा उपलब्ध छ।
एयर कम्प्रेसर
शाओमी पोर्टेबल एयर पम्पको साथ, बिनाकुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिन्छ । यो पम्प सजिलै १५०पीइसआईको प्रेसर पुग्दछ जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ।
स्वचालित रूपमा यो पम्पमा तपाईंले सेट गर्नु भएको पीएसआई वा बार भ्यालु पुगे पछि हावाको चाप आफै बन्द हुन्छ। शाओमी पोर्टेबल एयर कम्प्रेसर विभिन्न एट्याचमेन्टहरू (डच र फ्रेन्च भल्भ र भल्भ सुई) सँग आउँछ, जसलेगर्दा यसलाई विभिन्न टायरका लागि मात्र नभई फुटबल, बास्केटबलको लागि पनि प्रयोग गर्न सकिन्छ ।
यस पम्पमा भएको डिजिटल सेन्सरले सबै प्रकारका टायरहरूको चापलाई सही रूपमा मापन गर्दछ । अँध्यारोमा पनि सजिलैसँग भल्भ फेलापार्नको लागि यस पम्पमा एक उपयोगी टर्चलाइट सुविधा पनि छ । यसको मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।