८ मंसिर, २०८१ शनिबार
10:45:14 PM
१२ असार, २०७९
बिहीबारसम्म आइपुग्दा वाणिज्य बैंकबाट हुने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।
काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार असार ८ गते बुधबारसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा असार ९ गते बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ९० अर्बमा सिमित भएको छ ।
बिहीबारसम्म आइपुग्दा वाणिज्य बैंकबाट हुने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । बुधबार पनि वाणिज्य बैंकले गर्ने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ नै रहेको थियो ।
बिहीबारसम्म आइएपुग्दा वाणिज्य बैंकको सिडी रेसियो (कर्जा–निक्षेप) अनुपात ८९.५२ प्रतिशत रहेको छ । बुधबार ८९.३९ प्रतिशत रहेको थियो । बुधबारको तुलनामा बिहीबार सिडी रेसियो बढेको छ । यस्तै बैंकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ ।