२१ बैशाख, २०८१ शुक्रबार

06:18:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रको आधार सहकारी मुख्यमन्त्री पोखरेल

Nepal Business

२४ पुस, २०७८

अर्थतन्त्रको आधार सहकारी मुख्यमन्त्री पोखरेल

गण्डकी 
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताउनुभएको छ । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभामा उहाँले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको बताउनुभएको हो ।  मुख्यमन्त्री पोखरेलले सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायतका क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पु¥याउन सकिने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।