८ मंसिर, २०८१ शनिबार
08:36:55 PM
१० असार, २०७९
राष्ट्रिय वाणिज्यको २१४ वटा मुद्दा परे
काठमाण्डौं । ऋण असुली पुनरावेदन न्यायाधीकरणमा वाणिज्य बैंकहरुका मुद्दा दर्ता भइरहेका छन् । आर्थिक वर्ष २०६१/६२ देखि चालु आवको जेठ मसान्तसम्ममा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा १८ वटा वाणिज्य बैंकका ४२६ वटा मुद्दा दर्ता भएका छन् ।
ऋण असुली पुनरावेदन न्यायाधीकरणमा मुद्दा परेका बैंकहरुमा राष्ट्रिय वाणिज्य, हिमालयन, बैैक अफ काठमाण्डू, नेपाल, माछापुच्छे«, सनराइज, सिभिल, नबिल, एनसीसी, नेपाल बंगलादेश, एनआइसी एशिया, ग्लोबल, एसबीआई, कृषि विकास, प्रभु, एभरेष्ट, सिद्धार्थ र एनएमबी बैंक रहेका छन् ।
ऋण असुली पुनरावेदन न्यायाधीकरणमा सबैभन्दा बढी मुद्दा परेको बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस अवधिमा राष्ट्रिय वाणिज्यको २१४ वटा मुद्दा परेका हुन् ।
यस्तै नेपाल बैंकको १०३ वटा, एनसीसी बैंकको २२ वटा, नेपाल बंगलादेश बैंकको १८ वटा, कृषि विकासको १५ वटा र एनआइसी एशिया बैंकको ८ वटा मुद्दा परेका छन् ।
यसैगरी, बैैक अफ काठमाण्डूको ६ बाट, माछापुच्छ्र«े बैंकको २ वटा, सनराइजको ५ वटा, सिभिल बैंकको एउटा, नबिल बैंकको ५ वटा, ग्लोबल आइएमई बैकको ४ वटा मुद्दा परेको ऋण असुली पुनरावेदन न्यायाधीकरणको तथ्यांकमा उल्लेख छ ।
ऋण असुली पुनरावेदन न्यायाधीकरणको तथ्यांक अनुसार मुद्दा परेका अन्य बैंकहरुमा एसबीआई बैंकको ५ वटा, प्रभु बैंकको ५ वटा, एभरेष्ट बैंकको ४ वटा, सिद्धार्थ बैंकको ३ वटा र एनएमबी बैंकको एउटा मुद्दा परेको हो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाका १७ अर्ब ३६ करोड १७ लाख ८१ हजार ७५५ रुपैयाँ बराबरको विगो दावी सहित ४८१ वटा मुद्दा दर्ता भएका छन् । जसमा वाणिज्य बैंकका मात्र ४२६ वटा मुद्दा परेका हुन् । बाँकी मुद्दा अन्य माइक्रो फाइनान्स कम्पनी र विकास बैंकका रहेका छन् ।
ऋण असुली पुनरावेदन न्यायाधीकरणका अनुसार यस अवधिमा ६ अर्ब ४९ करोड २९ लाख ७५ हजार ४९२ रुपैयाँ बराबरका २१७ वटा मुद्दाको फर्छौट भएको छ भने ८ अर्ब २४ करोड ६ लाख ४४ हजार ७०८ रुपैयाँ बराबरका २६४ वटा मुद्दाको फैसला हुन बाँकी रहेका छन् । कतिपय मुद्दाहरु फिर्ता भएको ऋण असुली पुनरावेदन न्यायाधीकरणले जनाएको छ ।