१२ मंसिर, २०८१ बुधबार
01:46:20 AM
१० असार, २०७९
काठमाण्डौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अर्थमन्त्रालयलाई फलामे डण्डीको कच्चा पदार्थकोरुपमा रहेको स्पञ्ज आइरन र बिलेट आइरनको भन्सार र अन्तशुल्कको विभेदकारी निर्णय सच्याउन निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनारदन शर्माले प्रतिस्थापन विद्येयकमा ल्याइएको विभेदकारी नीति परिमार्जन गरि कार्यान्वयन गर्न समितिले निर्देशन दिएको हो ।
स्पञ्जबाट बिलेट बनाउँदा केबल १५ प्रतिशत मूल्य अभिवृद्धि हुँदा स्पञ्जको आयातमा भन्सार महशुल ४.७५ प्रतिशतमा पूर्ण छुटको सट्टा २५ प्रतिशतसम्म कर लगाइएको छ ।
नेपालमा उत्पादन हुने स्पञ्ज आइरन तथा प्राइम बिलेट दुबै कच्चा पदार्थको आयातमा सहुलियतको व्यवस्था हुनु पर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन समेत गरिरहेका छन् ।
नेपालमा बन्ने बिलेट्सलाई नेपाल गुणस्तरमान बनाई गुणस्तरियता कायम गर्न तथा नेपाल गुणस्तरमान बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिइएको छ।