८ मंसिर, २०८१ शनिबार

08:43:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुला, कति दिने आवेदन ?

१० असार, २०७९

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते, शुक्रबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ५ वर्ष अवधिको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर, २०८९ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताहरूले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।