८ मंसिर, २०८१ शनिबार

08:55:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

१० असार, २०७९

एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीबीच छुट सम्बन्धी सम्झौता भएको छ । धनगढीको भाटभटेनीमा सामान खरिद गरे बापत (ओम्नि च्यानल) भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत अर्थात ५०० सम्म क्यास ब्याक पाउने गरी साझेदारी गरिएको हो । 

यो योजना असार १२ गतेदेखि लागु भएर सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो ।

यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । 

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।