८ मंसिर, २०८१ शनिबार

09:13:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा सञ्चालनमा

Nepal Business

१० असार, २०७९

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौंनगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्यप्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको हो । 

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

असन शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैत्र मसान्त सम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफलभएकोछ ।

बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।