६ जेठ, २०८१ आइतबार

09:08:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेमिटेन्ससम्बन्धी सुविधा प्रदान गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंक र इजिलिङ्क रेमिट्यान्सबीच सम्झौता

२३ पुस, २०७८

रेमिटेन्ससम्बन्धी सुविधा प्रदान गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंक र इजिलिङ्क रेमिट्यान्सबीच  सम्झौता

काठमाण्डौं

महालक्ष्मी विकास बैंक र इजिलिङ्क रेमिट्यान्सबीच  सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई रेमिटेन्ससम्बन्धी सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिङ्क रेमिट्यान्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिङ्क रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार ग्राहकहरुले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका बैंकका १०३ वटा शाखामार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ।  साथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा पनि ल्याएको बैंकले जानकारी दिएको छ । यस योजनाअन्तर्गत ११।२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदुरपश्चिममा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ।