८ मंसिर, २०८१ शनिबार

08:34:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

९ असार, २०७९

उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १ सय ३१ कित्ता सेयर बिक्रीमा ल्याएको हो। उक्त संस्थापक सेयरमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।