६ जेठ, २०८१ आइतबार

08:52:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एटिएम कार्डबिनै पैसा निकाल्न सकिने

२३ पुस, २०७८

एटिएम कार्डबिनै पैसा निकाल्न सकिने

काठमाण्डौं

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कार्ड लेस ‘क्यास विड्र’ सेवाको सुरुवात गरेको छ। शुक्रबार बैँकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने गरि सो सुविधा ल्याएको हो । 

यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्ट गरी पैसा निकाल्न सकिने छ। यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ।

बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैँकिङको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताउनुभयो । 
उँहाले प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र  बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताउनुभयो । 

बैंकले १७४ वटा शाखाहरुबाट करिब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।  बैंकले निकट भविष्यमा काठमाडौँ उपत्यकामा ६ वटा शाखा विस्तार गर्ने भएको छ ।