८ मंसिर, २०८१ शनिबार
08:46:50 PM
९ असार, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाण्डौंमा आयोजित मौद्रिक नीतिसम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले आयात वृद्धिका कारण विदेशी मुद्रा सञ्चिति सकिँदै गएकाले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताउनु भएको हो ।
नेपालले विलासीका वस्तुहरू आयातमा रोक लगाउँदा पनि वस्तु आयात वृद्धि भएर व्यापार घाटा थपिँदै गएको छ । केही वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था समेत छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ । ११ महिनामा नेपालको १५ खर्ब ७७ अर्ब घाटा रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रूपैयाँ रहेको थियो ।
आर्थिक संकट झेलिरहेको श्रीलंकाले महिनौदेखि खाद्यान्न, इन्धन र विद्युतको संकट झेलिरहेको थियो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले देशको अर्थतन्त्र पूर्णरूपमा टाट पल्टेको घोषणा गरिसक्नुभएको छ ।