१२ मंसिर, २०८१ बुधबार

02:13:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माछापुच्छ्रे क्यापिटलका सेयरधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

९ असार, २०७९

मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।

माछापुच्छ्रे क्यापिटलका सेयरधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण सेयधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।

तोकिएको समयमा उक्त शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । सेयधनीहरुले माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू  तथा कनेक्ट आइपीएस, फोन पे, इ सेवा, खल्ती, प्रभु पे, आइएमइ पेबाट भुक्तानी गर्न सक्नेछन् ।

साथै मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।