१५ बैशाख, २०८१ शनिबार

10:12:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी डलरको भाउ बढ्दो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

९ असार, २०७९

अमेरिकी १ डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा

अमेरिकी डलरको भाउ बढ्दो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । पछिल्लो दिनमा विदेशी अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । 

राष्ट्र बैंकका अनुसार हिजो बुधबार अमेरिकी १ डलरको भाउ १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

यस्तै युरो १ को खरिददर १ सय ३१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा राष्ट्र बैंकले तोकेको छ । 

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ल रुपैयाँ २४ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ६३ पैसा खरिददर रहेको छ भने बिक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको छ।