१६ चैत, २०८० शुक्रबार

04:40:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने, जुलाई १८ मा राष्ट्रपति चुनाव

Nepal Business

८ असार, २०७९

२१ जुलाईमा भारतले नयाँ राष्ट्रपति पाउने छ ।

द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने, जुलाई १८ मा राष्ट्रपति चुनाव

भारत । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दल वा एनडीए गठबन्धनबाट द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

उहाँ झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बन्नु भएको थियो । ६ वर्ष राज्यपाल बन्नुभएको उहाँ त्यसपछि उहाँ गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आउनु भएको थियो ।

राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी उहाँले १६ सय किलोमिटर टाढाको आफ्नो गाउँमा टेलिभिजनमार्फत थाहा पाउनु भएको थियो ।

उहाँले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, म आश्चर्यचकित भएको छु र खुसी पनि छु किन कि मलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ, मैले टेलिभिजिनमा समाचार हेरेर थाहा पाएँ । जुन २० वा २ दिनअघि ६४औं जन्मदिन मनाउनु भएको उहाँले संविधानले दिएको अधिकार अनुसार काम गर्ने बताउनु भयो ।

भारतमा १८ जुलाईमा राष्ट्रपतिको चुनाव हुँदै छ र त्यसका लागि २९ जुनसम्ममा मनोनयन दर्ता गरिसक्नु पर्ने छ । २१ जुलाईमा भारतले नयाँ राष्ट्रपति पाउने छ ।