६ जेठ, २०८१ आइतबार

08:36:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अदालतबाट २६ लाख जरिवाना ठहर भएका राजेन्द्र कुमार श्रेष्ठ पक्राउ

२३ पुस, २०७८

अदालतबाट २६ लाख जरिवाना ठहर भएका राजेन्द्र कुमार श्रेष्ठ पक्राउ


पुस २३, काठमाण्डौं


पाटन  उच्च अदालतबाट २६ लाख जरिवाना भएपछि फरार रहेका काठमाण्डौं निवासी ४१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले  २६ लाख जरिवाना गरेपछि श्रेष्ठ फरार रहेका थिए ।  ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यन्वयनका लागि शुक्रबारै काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको छ ।  
रासस