१२ मंसिर, २०८१ बुधबार

04:22:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रोग्रेशिभ फाइनान्सको बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा, नआए यसो गर्नुस्

८ असार, २०७९

प्रोग्रेशिभ फाइनान्सको बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा, नआए यसो गर्नुस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ ।

फाइनान्सको चैत्र १६ गते, सम्पन्न भएको पच्चीसौँ वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत बोनस सेयर बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म पुस १८ गतेसम्म डिम्याट खातमा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुलाई बोनस सेयर जम्मा गरिएको फाइनान्स कम्पनीले जनाएको छ ।

उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिनेछ ।  अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि कम्पनीले भनेको छ । धितो राखेको सेयरको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट  No Objection Letter प्राप्त भएपछि मात्र बोनस पठाइनेछ ।