६ जेठ, २०८१ आइतबार

07:42:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारीको संख्या र सन्दर्भ ब्याजदर घटाउने मन्त्री श्रेष्ठको घोषणा

२३ पुस, २०७८

सहकारीको संख्या र सन्दर्भ ब्याजदर घटाउने मन्त्री श्रेष्ठको घोषणा

पुस २३, काठमाण्डौं
भूमि ब्यवस्था, सहकारी  तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको संख्या र व्याजदर घाउनुपर्ने बताउनुभएको छ । सहकारी पत्रकार समाज नेपालको ११  औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले अहिले घरैपिच्छे सहकारी संस्था रहेको भन्दै सहकारीको संख्या घटाउँदै गुणस्तरमा जानुपर्ने बताउनुभएको हो । उँहाले समान उद्धेश्य रहेका सहकारी संस्थाहरुबीच एक आपसमा मर्जर गरेर भएपनि सहकारीको मुलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै समाज र सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीलाई अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठको धारणा थियो । उँहाले अहिले चर्चामा रहेको सन्दर्भ व्याजदरका विषयमा आफु व्याजदर घटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

अहिले सन्दर्भ व्याजदरको कुरा आईरहेको छ यसलाई घटाउनुपर्ने पक्षमा मेरो व्यक्तिगत जोडवल रहन्छ, तर यो कुरा सबै सरोकारवाला निकायहरुबीचको छलफल र अन्तरसम्वादबाट टुङ्ग्याउनुपर्छ मन्त्री श्रेष्ठले भन्नुभयो । 

अहिले सन्दर्भ व्याजदरको कुरा आईरहेको छ यसलाई घटाउनुपर्ने पक्षमा मेरो व्यक्तिगत जोडवल रहन्छ, तर यो कुरा सबै सरोकारवाला निकायहरुबीचको छलफल र अन्तरसम्वादबाट टुङ्ग्याउनुपर्छ मन्त्री श्रेष्ठले भन्नुभयो ।  विकासको तीन खम्बे नीति अन्तर्गत सहकारी पनि एक महत्वपूर्ण खम्बाका रुपमा समेटिएको स्मरण गर्दै मन्त्री श्रेष्ठले सहकारीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आगामी दिनमा सहकारीलाई थप मर्यादित, ब्यवस्थित र सहकारीको भावना अनुसार सञ्चालन गर्न आवश्यक रहेको उहाँको धारणा थियो । सहकारीको संख्यात्मक बृद्धि भन्दा पनि गुणस्तर बृद्धितर्फ लाग्नु पर्ने कुरामा मन्त्रीले जोडदिनु भयो । 

उँहाले भन्नुभयो सहकारीलाई ब्यवसायिक बनाउने विषयमा कुनै दविधा छैन । सहकारीको उदेश्य, मूल्य र मान्यतालाई अंगाल्दै ब्यवसायिक हुनु पर्छ । यसलाई ब्यवसायिक बनाउँदा सहकारीको ब्याजदरले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । उँहाले ब्याजदर पनि सहकारीको सिद्धान्त र वर्तमान बजारको आधारमा निर्धारण गर्दा समन्यायिक हुने बताउनुभयो । नेपालको सन्दर्भमा ब्याजदर प्रायशः बढ्ने तर घट्न नजान्ने संस्कार रहेको भन्दै ब्याजदर त घटबढ भै रहन्छ र हुनुपनि पर्छ तर बढ्दा धेरै बढ्ने घट्दा न्यूनदरमा मात्र घट्नु सहकारीको मर्म विपरित हुनसक्छ ।

https://www.youtube.com/watch?v=blLVihkUY00