१२ मंसिर, २०८१ बुधबार

04:18:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंकको १८ लाख १२ हजा कित्ता सेयर लिलामीमा, सर्वसाधारणहरुले पनि आवेदन दिन पाउने

८ असार, २०७९

उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको छ ।

सेञ्चुरी बैंकको १८ लाख १२ हजा कित्ता सेयर लिलामीमा, सर्वसाधारणहरुले पनि आवेदन दिन पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले केही संस्थापक समूहतर्फको सेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति तथा संस्थाले असार १५ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी के कति खरिद गर्ने सम्पूर्ण विवरण खुलाई बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतममा १० ले भाग जाने संख्या वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।