१२ मंसिर, २०८१ बुधबार
04:27:25 AM
८ असार, २०७९
२७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्धि भएको देखिन्छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक पहिलो स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।
गत जेठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले बढेको छ । २७ वाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ ।
त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्धि भएको देखिन्छ ।