५ बैशाख, २०८२ शुक्रबार
05:10:22 PM
८ असार, २०७९
काठमाण्डौं । सुनको मूल्य बुधबार घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर तोलामा ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।