१२ मंसिर, २०८१ बुधबार

04:09:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच डिजिटल कारोबारका लागि सम्झौता

Nepal Business

८ असार, २०७९

सेञ्चुरी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच डिजिटल कारोबारका लागि सम्झौता

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर कार्यक्रमका लागि सम्झौता भएको छ । 

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंकलिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘सेञ्चुरीपे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवन्धक अधिकृत शंकर केसीले हस्ताक्षर गर्नुभयो ।