१२ मंसिर, २०८१ बुधबार
04:17:07 AM
७ असार, २०७९
काठमाण्डौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त हुनुभएको छ ।
उहाँलाई असार ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो । यससँगै शाक्यले असार ७ गतेदेखि आफ्नो कार्यभार सम्हालिसक्नु भएको छ ।
सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएसँगै बैंकले शाक्यलाई कामुको जिम्मेवारी दिएको हो । यससँगै शाक्यले असार ७ गतेदेखि आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
यस्तै सिईओ बैंकले शाहलाई बिदाइ गरेको छ ।
शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट, लखनऊ, यूपी, भारतबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा गर्नुभएको हो ।
उहाँसँग नेपालका विभिन्न बैंकहरू नेपाल श्रीलंका मर्चेन्ट बैंक लिमिटेड, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया नेपाल, एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमईमा २३ वर्ष काम गरेको अनुभव छ ।