७ बैशाख, २०८२ आइतबार
05:06:55 PM
७ असार, २०७९
तोकिएको अवधिभित्र सेयरधनीहरुबाट कुनै पनि बोलपत्र नपरेको खण्डमा उक्त सेयर अन्य कोही व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने भएको छ । लघुवित्त कम्पनीले कविताकुमारी चौधरीको नाममा रहेको ३ हजार ५ सय, आकाशकुमारी सिंहको २ हजार र दुर्गानन्द चौधरीको नाममा रहेको २ हजार कित्ता सेयर गरी ७ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भएको हो।
उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकोले खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरि संस्थाको केद्रिय कार्यालयमा बोलपत्र पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र सेयरधनीहरुबाट कुनै पनि बोलपत्र नपरेको खण्डमा उक्त सेयर अन्य कोही व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।