१२ मंसिर, २०८१ बुधबार
06:20:09 AM
७ असार, २०७९
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो ।
वैशाख २० गतेसम्म कायम साविक सेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि बाँडफाँड गरिएको हो ।
हकप्रद सेयर बाँडफाँड सम्बन्धि नतिजा हेर्नका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ मार्फत् हेर्न सकिनेछ ।