७ बैशाख, २०८२ आइतबार

04:45:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुमा निक्षेप संकलन बढ्यो, सीडी रेसियो ९० प्रतिशतभन्दा तल

Nepal Business

७ असार, २०७९

बैंकहरूले ऋण रोकेर सीडी रेसियोको अनुपात ९० भन्दा तल झारेका हुन्।

बैंकहरुमा निक्षेप संकलन बढ्यो,  सीडी रेसियो ९० प्रतिशतभन्दा तल

काठमाण्डौं । पुँजीगत खर्च बढेसँगै वाणिज्य बैंकहरूमा निक्षेप संकलन पनि बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ।

तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिदा ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब निक्षेप पुगेको छ।

यसैगरी ऋण प्रवाह भने ठप्प भएको छ। ४७ खर्ब १३ अर्बबाट घटेर ४७ खर्ब ११ अर्बमा पुगेको छ। त्यस्तै वाणिज्य बैंकहरूमा ४१ खर्ब ४२ अर्बबाट घटेर ४१ खर्ब ८१ अर्बमा झरेको छ। 

निक्षेप र ऋण प्रवाह सीडी रेसियो अनुपात ८९.४९ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले ९० प्रतिशत भन्दा तल झार्न ताकेता गरेपछि बैंकहरूले ऋण रोकेर सीडी रेसियोको अनुपात ९० भन्दा तल झारेका हुन्।