१२ मंसिर, २०८१ बुधबार

06:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

७ असार, २०७९

जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनी यम बहादुर बि.के. ले आफ्नो नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२, कालिकानगर रुपन्देहीमा आवश्यक कागजपत्रसदित बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।