१२ मंसिर, २०८१ बुधबार

06:27:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ मंगलबार डलरको भाउ

Nepal Business

७ असार, २०७९

यस्तो छ मंगलबार डलरको भाउ

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

मंगलबार अमेरिकी एक डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको थियो ।

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा तथा  चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ । 

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २८ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा रहेको छ ।