१२ मंसिर, २०८१ बुधबार
06:15:47 AM
७ असार, २०७९
यदि यस्तो शुल्क तिरि सकिएको भए सोही अवधिभित्र प्रमाण पेश गर्न समेत भनिएको
काठमाण्डौं । सरकारलाई कर तिर्न अटेर गर्ने व्यापारिक फर्म तथा कम्पनीका नाममा आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालयले सूचना जारी गरेको छ । व्यवसाय सञ्चालन गरेर पनि सरकारलाई कर तिर्न अटेर गर्ने विभिन्न १९ फर्म तथा कम्पनीका नाममा विभागले सूचना जारी गरेको हो ।
मंगलबार कार्यालयले सूचना जारी गर्दै ठूला करदाता कार्यालयमा दर्ता रहेका करदाताहरुले लामो समयदेखि बुझाउनु पर्ने मुल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नबुझाएकोले सुचना जारी भएको मितिदेखि १५ दिनभित्र तिर्न भनिएको सूचनामा उल्लेख छ ।
कार्यालयका अनुसार यदि यस्तो शुल्क तिरि सकिएको भए सोही अवधिभित्र प्रमाण पेश गर्न समेत भनिएको छ ।
उक्त अवधिभित्र वक्यौता रकम दाखिला नगर्ने करदाताहरुलाई मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्मको प्रक्रियाहरु अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानूनी कारवाही गरी वक्यौता असुली गरिने चेतावनी दिइएको छ ।