१२ मंसिर, २०८१ बुधबार
06:06:50 AM
६ असार, २०७९
काठमाण्डौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ ।
सम्झौता अनुसार बंैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्गबाट भुक्तानीगर्दा १० प्रतिशत छुट पाउने छन् ।
बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी‘‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदानगदै आइरहेको छ ।