१२ मंसिर, २०८१ बुधबार

06:10:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धन बहादुर तामाङ पक्राउ

Nepal Business

६ असार, २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धन बहादुर तामाङ पक्राउ

काठमाण्डौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका–४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाले बैंकिङ कसूरमा मुद्दामा ६ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले चितवन खैरहनीबाट पक्राउ गरेको हो ।

कुमारी वैंक लिमिटेड सौराहा शाखामा तामाङको नाममा रहेको प्रयाप्त मौज्दात रकम नभएको भनी जानी–जानी पीडितलाई झुक्यानमा पारी २०७५ भदौ १० गतेमा दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।