१५ बैशाख, २०८१ शनिबार

12:09:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा खरिद गर्यो १८ करोड १८ करोड ११ लाखको घरजग्गा

६ असार, २०७९

नयाँ कार्यालय निर्माणका लागि कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ न्यूरोडमा १८ करोड रुपैयाँ बढीको लागतमा घरजग्गा खरिद गरेको हो ।

 नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा खरिद गर्यो १८ करोड १८ करोड ११ लाखको घरजग्गा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा नयाँ कार्यालय निर्माण गर्न घरजग्गा खरिद गरेको छ। नयाँ कार्यालय निर्माणका लागि कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ न्यूरोडमा १८ करोड रुपैयाँ बढीको लागतमा घरजग्गा खरिद गरेको हो ।

कम्पनीको गत चैत ७ गते बसेको संचालक समितिको बैठकको निर्णय र बीमा समितिबाट गत वर्ष जेठ ३० गते प्राप्त स्वीकृति अनुसार कम्पनीले व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि पोखरा १८ करोड ११ लाख २५ हजार रुपैयाँको लागतमा २ वटा घरसहितको २९९ वर्गमिटर क्षेत्रफलको जग्गा किनेको हो।

जसमा घरजग्गाको मूल्य १७ करोड २५ लाख रुपैयाँ र रजिस्ट्रेसन शुल्क ८६ हजार २५ हजार रुपैयाँ गरी जम्मा १८ करोड ११ लाख २५ हजार रुपैयाँमा जग्गा खरिद गरीएको कम्पनीले जनाएको छ।