८ मंसिर, २०८१ शनिबार

08:20:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंक र कतार एयरवेजबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

६ असार, २०७९

नबिल बैंक र कतार एयरवेजबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । नबिल बैंक र कतार एयरवेजबीच छुट सम्बन्धी सम्झौता भएको छ । कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न बैंकले सम्झौता गरेको हो । 

उक्त सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर  मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर  सारिक बोगटीले हस्ताक्षर गर्नुभयो । 

जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुने गरि हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट असार १७ गतेदेखि लागु हुने बैंकले जनाएको छ । 

यस साझेदरी अन्तर्गत बिजनेश तथा इकोनोमी क्लास हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेहुन्छ ।