८ मंसिर, २०८१ शनिबार

08:25:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दि क्लिफ प्रा.लिबाट प्रभु बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने

Nepal Business

६ असार, २०७९

दि क्लिफ प्रा.लिबाट प्रभु बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने

काठमाण्डौं । प्रभु बैंक र पर्वतको कुश्मा स्थित दि क्लिफ प्रा.लिबीच छुट सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दि क्लिफ प्रा.लि.द्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग) मध्य कुनै एक गतिविधिमा निःशुल्क सेवा प्राप्त हुने भएको छ ।

यस्तै दि क्लिफ प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।