८ मंसिर, २०८१ शनिबार
08:12:02 PM
६ असार, २०७९
काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले असार १ गतेबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त लिलामी सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १४२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयरमा लगानीकर्ताले असार १५ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । लिलामी सेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ ।