८ मंसिर, २०८१ शनिबार

07:52:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

६ असार, २०७९

राष्ट्र बैंकले असार ७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

२५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ६ गते सोमबार) २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले असार ७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल साउन ३ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल आउँदो असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो पुस ५ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । यो २०८० असार ५ गते परिवक्व हुने छ ।  यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।