८ मंसिर, २०८१ शनिबार
08:20:14 PM
५ असार, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (असार ६ गते सोमबार) २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। राष्ट्र बैंकले असार ७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल साउन ३ गते परिपक्व हुनेछ। यसैगरी, राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असोज ४ गते परिपक्व हुनेछ।
राष्ट्र बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो पुस ५ गते परिपक्व हुनेछ। साथै, राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ। यो २०८० असार ५ गते परिवक्व हुने छ ।
यो ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।