८ मंसिर, २०८१ शनिबार

08:18:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

५ असार, २०७९

८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  राष्ट्र बैंकले उक्त रकम २०७९ असार २२ देखि २०८० असार २० गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्ने छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त ८० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकमा ६४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १२ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

आफुले लिन चाहेको रकम र मुद्दती निक्षेपमा लिनका लागि ब्याजदर समेत प्रस्ताव गरि पठाउन बैंकहरुलाई राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त कर्जाका लागि राष्ट्र बैंकले विभिन्न शर्त राखेको छ । उक्त शर्त पुरा गरेमात्र पैसा निक्षेपमा लिन सकिनेछ ।

यसका लागि कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हुनुपर्ने छ । रियल स्टेट कर्जा बैंकबाट तोकिएको सिमा भन्दा बढी हुनुनहुने राष्ट्र बैंकले जनाएको छ ।