८ मंसिर, २०८१ शनिबार

07:52:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्री शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारीबीच भेट, केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा

Nepal Business

५ असार, २०७९

हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य

अर्थमन्त्री शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारीबीच भेट, केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको लागि धन्यवाद दिनुभएको छ ।

आइतबार अर्थमन्त्री शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भएको शिष्टाचार भेटका क्रममा उहाँले विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ ।’

पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ । सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । 

अर्थमन्त्री शर्माले केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको बताउनुभयो । 

सो अवसरमा आर्थिक बर्ष ०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको पनि उहाँले बताउनुभयो ।