८ मंसिर, २०८१ शनिबार
07:58:32 PM
५ असार, २०७९
काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाण्डौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।
ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकसंग सहकार्य गर्न सम्झौता गरेको हो ।
सो सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।