८ मंसिर, २०८१ शनिबार

07:51:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि मुक्तिनाथ बैंक र नेपाल प्रहरीबीच सम्झौता

Nepal Business

५ असार, २०७९

  सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि मुक्तिनाथ बैंक र नेपाल प्रहरीबीच सम्झौता
काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत कार्यक्रममा महानगरीय पहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क ,प्रिन्टर लगायतका सामाग्रीहरु हस्तानतरण गरेको छ । 
 
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबैक्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
 
यस्तै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिजा नेछर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
 
यस्तै प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३ लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।