१२ मंसिर, २०८१ बुधबार

08:21:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल

Nepal Business

४ असार, २०७९

दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हट्नुभएको हो ।

बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल

बागलुङ
बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । 

बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताउनुभयो । 

बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताउनुभयो । 

सङ्घको नयाँ नेतृत्वका लागि शनिबार नै मतदान हुँदै थियो । मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । 

दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हट्नुभएको हो ।

बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताउनुभयो । उहाँले सबैलाई समेटेर उद्योगी व्यवसायीको हितमा लाग्ने बताउनुभयो । 

कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिवसमेत हुनुहुन्थ्यो । सङ्घको उद्योग सदस्यतर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घकोे खुलातर्फको १४ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएको थियो ।

खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणि पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ । 

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् ।