२४ बैशाख, २०८१ सोमबार

11:50:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरपालिकाको पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्रै

Nepal Business

४ असार, २०७९

महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।

काठमाण्डौं महानगरपालिकाको पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्रै

काठमाण्डौं । महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि महानगरपालिकाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो । 

महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो ।

महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।  

महानगरपलिकाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरु बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ । 

अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ ।