१७ बैशाख, २०८१ सोमबार

06:36:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

Nepal Business

३ असार, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो ।

चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौँ,  

 चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ ।

पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । 

पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो ।

गत महिनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ । 

अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उहाँले भन्नुभयो, “यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ््नसक्छ ।” 

गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत  थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । 

गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत  थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो ।

कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । 

काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले  बताउनुभयो ।

चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो ।

चालु आवमा गत वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो ।